एक महिनामा तेश्रो पटक सार्वजनिक कार्यक्रममा काँपिन् जर्मन चान्सलर | Khabarhub Khabarhub

एक महिनामा तेश्रो पटक सार्वजनिक कार्यक्रममा काँपिन् जर्मन चान्सलर


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्लिन– जर्मन चान्सलर एङ्गेला मर्केल सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा पुनः काँपेकी छिन् । पछिल्लो एक महिनामा उनी सार्वजनिक कार्यक्रममा सहभागी हुँदा काँपेको यो तेश्रो घटना हो ।

फिनल्याण्डका प्रधानमन्त्री आन्ती रिनेलाई राजधानी बर्लिनमा स्वागत गर्ने क्रममा उनी काँपेकी हुन् । जर्मन सञ्चारमाध्यमले जनाएअनुसार उनी एक मिनेटभन्दा केही बढी समय काँपेकी थिइन् । पछि उनले आफ्नो स्वास्थ्य सामान्य रहेको प्रतिक्रिया दिएकी थिइन् ।

यसअघि गत महिना युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीलाई राजधानी बर्लिनमा स्वागत गर्ने क्रममा उनी पहिलोपटक काँपेको घटना सार्वजनिक भएको थियो । त्यस्तै, दुई साताअघि जापानको ओसाका शहरमा भएको जी२० को सम्मेलनमा त्यसतर्फ जानुअघि पनि उनी काँपेकी थिइन् । जी२० को सम्मेलनमा पनि उनले आफू स्वस्थ रहेको जनाएकी थिइन् ।

जर्मन चान्सलरकी प्रवक्ता अलराइक डिमरले पनि चान्सलर मर्केल सामान्य रहेको र कुनै चिन्ता गर्नपर्ने अवस्था नरहेको टिप्पणी गरेकी छिन् ।
६४ वर्षे मर्केल सन् २००५ देखि जर्मनीको चान्सलरको रुपमा जिम्मेवारी सम्हालिरहेकी छिन् । सन् २०२१ देखि उनले राजनीतिबाट सन्न्यास लिने घोषणा गरिसकेकी छिन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ९ : ४८ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।