भारतलाई हराउँदै न्यूजिल्याण्ड फाइनलमा प्रवेश | Khabarhub Khabarhub

भारतलाई हराउँदै न्यूजिल्याण्ड फाइनलमा प्रवेश


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूजिल्याण्ड आईसीसी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । विश्वकपको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनलमा पुगेको हो ।

म्यान्चेस्टरस्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा खेलमा न्यूजिल्याण्डले दिएको २सय४० रनको लक्ष्य पछ्याएको भारत २सय२१ रनमा समेटिएपछि न्यूजिल्याण्ड फाइनल पुगेको हो ।

भारतविरुद्ध न्यूजिल्याण्डका बलरहरुले कसिलो बलिङ गर्दा तुलनात्मक रुपमा बलियो मानिएको भारत पराजित भयो । मंगलबार भएको खेल वर्षाले प्रभावित भएपछि बुधबार खेलाइएको थियो । भारतीय अग्रपंत्तिका ब्याट्सम्यान चल्न नसकेपछि न्युजिल्यान्डले भारमाथि सहज जीत हात पारेको हो ।

भारतका लागि २सय२१ रन बनाउने क्रममा रविन्द्र जडेजाले ७७ रन बनाए भने महेन्द्रसिंह धोनी ५० रनमा आउट हुँदा रिसभ पन्त र हार्दीक पाण्ड्याले समान ३२ रन बनाएका थिए ।

ओपनिङ ब्याट्सम्यान केएल राहुल, रोहित शर्मा र विराट कोहली समान एक–एक रन बनाएर आउट भएपछि भारत दबाबमा थियो । न्यूजिल्याण्डका बलरले भारतलाई खेल भारी दबाबमा राख्दै आफूलाई हावी गरेको थियो ।

भारतविरुद्ध न्यूजिल्याण्डका माट हेनरीले ३ विकेट लिए भने मिचेल सेन्टनेर र ट्रेन्ट बोल्टले समान २–२ विकेट लिँदा लोकि फर्गुसन र जिम्मी निसामले समान एक–एक विकेट लिएका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको न्यूजिल्याण्डका लागि २सय३९ रन बनाउउँदा रस टेलरले ७४ रन प्रहार गरेका थिए भने केन विलियमसनले ६७ रन बनाएका थिए । न्यूजिल्याण्डविरुद्ध भारतका भुवनेश्वर कुमारले ३ विकेट लिँदा जस्प्रित बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र युज्भेन्द्र चहालले समान एक–एक विकेट लिएका थिए ।

फाइनल पुगेको न्युजिल्यान्डले बिहीबार हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल जुलाई १४ मा लड्स क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ७ : ३८ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको