अमेरिका भ्रमणका क्रममा खर्च जोगाउन पाकिस्तानी प्रधानमन्त्री राजदूतको आवासमा बस्ने | Khabarhub Khabarhub

अमेरिका भ्रमणका क्रममा खर्च जोगाउन पाकिस्तानी प्रधानमन्त्री राजदूतको आवासमा बस्ने


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- अमेरिका भ्रमण जाँदा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आलिशान होटलमा नभई आफ्नै राजदूतको कोठामा बास बस्ने भएका छन् ।

सरकारी खर्च जोगाउनका लागि प्रधानमन्त्री खानले यस्तो निर्णय गरेका हुन् । उनी आलिशान होटलमा नभई अमेरिकाको राजधानी वाशिंटन डीसीस्थित प्रमुख कूटनीतिक क्षेत्रमा रहेको पाकिस्तानी राजदूत असद मजिदको आवासमा बास बस्नेछन् ।

प्रधानमन्त्री खान आगामी जुलाई २१ बाट तीन दिनका लागि अमेरिका भ्रमणमा निस्कदै छन् । कुनै पनि मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले अमेरिका भ्रमण गर्दा त्यहाँको गुप्तचर निकायले उनीहरुको सुरक्षाको प्रबन्ध गर्ने व्यवस्था छ ।

विदेशी पाहुनाको भ्रमणले राजधानीमा बसोबास गर्ने आम जनताको दैनिकीमा प्रभाव नपरोस् भन्नाका लागि गुप्तचर निकायले विशेष प्रबन्ध गर्ने गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्रीको पछिल्लो निर्णयबाट अमेरिकी गुप्तचर निकाय भने असन्तुष्ट रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ७ : ०५ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा