पपुवा न्यूगिनीमा जातीय हिंसामा २४ जना मारिए | Khabarhub Khabarhub

पपुवा न्यूगिनीमा जातीय हिंसामा २४ जना मारिए


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पार्ट मोरस्वी– पपुवा न्यूगिनीमा भएको जातीय हिंसामा कम्तीमा २४ जना मारिएका छन् ।

पपुवा न्यूगिनीको मध्यभागमा रहेको दुर्गम हेला प्रान्तमा भएको जातीय हिंसामा अन्य दर्जनौं घाइते भएका छन् । हिंसामा मारिनेमा गर्भवती महिला र बालबालिका समेत छन् ।

हागुई, ओकिरु र लिवी जातीबीच छेडिएको हिंसापछि हत्याकाण्ड भएको हो । पछिल्ला केही दिनयता हेला प्रान्तमा विभिन्न जातीय समुदायबीच श्रोत तथा साधनका विषयमा तीब्र मतभेद रहेको र यो हिंसामा परिणत भएको हुनसक्ने आँकलन गरिएको छ । यद्यपि पछिल्लो हिंसाको विषयलाई लिएर भएको हो भन्ने स्पष्ट भइसकेको छैन ।

त्यहाँका प्रधानमन्त्री जेम्स मारापेले यसलाई आफ्नो जीवनकै सबैभन्दा दुखद दिनको संज्ञा दिएका छन् । उनले हिंसामा संलग्नलाई कानूनी दायरामा समेत ल्याउन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ५ : ०८ बजे

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन