मलेसियामा अवैध आप्रवासी श्रमिकमाथि धरपकड, सयभन्दा धेरै पक्राउ, नेपाली पनि परे | Khabarhub Khabarhub

मलेसियामा अवैध आप्रवासी श्रमिकमाथि धरपकड, सयभन्दा धेरै पक्राउ, नेपाली पनि परे


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मलेसियामा अवैध रुपमा बसेर काम गरिरहेका विदेशी कामदार बसेको स्थानमा मलेसियाली प्रहरीले धरपकड गरेको छ ।

मलेसियाको अध्यागमन प्रहरीले एक हजारभन्दा धेरै विदेशी कामदारको राहदानी र अन्य कागगजागत खोजतलाश गरेको मलेसियाली सञ्चारमाध्यले जनाएका छन् ।

मलेसिया प्रहरीले सोमबार र मंगलबार गरेको धरपकडमा १ सय २ जना विदेशी पक्राउ परेको मलेसियाको दस्टार अनलाइनले अध्यागमन प्रहरी उदृत गर्दै समाचारमा जनाएको छ ।

प्रहरीले विदेशी कामदारले काम गर्ने निर्माण क्षेत्रहरु, होटल, रेष्टुराँ, भाडामा लगाइएका घरहरु, पसल, खाना खाने साना होटलहरु लगायतमा खोजतलाशको कारवाही गरेको जनाइएको छ ।

प्रहरीले मलेसियाका ९० स्थानमा छापा मार्दा ५३ जना म्यानमारका नागरिक, २२ जना बंगलादेशी, ११ जना ईण्डोनेशियाली, ९ जना फिलिपनो, दुईजना नेपाली, दुईजना पाकिस्तानी तथा दुई जना थाईल्याण्डका नागरिक पक्राउ परेको जनाएको छ । पक्राउ परेकालाई अध्यागमन कार्यालयहरुको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १२ : ३२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड