‘सम्हालिन्छ कहिले मन’ को छायांकन लण्डनबाट थालियो | Khabarhub Khabarhub

‘सम्हालिन्छ कहिले मन’ को छायांकन लण्डनबाट थालियो


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकन शुरु भएको छ । निर्माण टिमका अनुसार यो फिल्मको छायांकन लण्डनबाट शुरु भएको हो ।

झण्डै पचास दिनको सेडुअलमा फिल्म युनिट कलाकारका साथमा लण्डन उडेको थियो । क्यामेरा पूजा गर्दै शुरु भएको छायांकनमा पहिलो शट पूजा शर्मा र सोनम तोप्देनले दिएका थिए ।

तस्वीर – निर्माण टिम

आकाश श्रेष्ठ, गौरी मल्ल, धिरेन शाक्य, सरोज खनाल लगायतका कलाकारको पनि अभिनय रहने यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । फिल्मको छायांकन लण्डनपछि स्कटल्याण्ड र वेल्समा समेत हुनेछ । नेपालमा यो फिल्म मुस्ताङमा छायांकन हुने निर्माण टिमले बताएको छ ।

फिल्ममा अमित बस्नेतको लगानी छ । फिल्ममा कार्यकारी निर्मातामा अंकित गौतम र सनिष खकुरेल छन् भने चलचित्रमा परि राना र अजितकुमार थापाको सह–निर्माण रहेको छ ।

चलचित्रलाई त्रिकोणात्मक प्रेमकथामा आधारित भनिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : २९ बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज