बाग्मती नदी नियन्त्रण योजनामा ९६ लाखको भ्रष्टाचार | Khabarhub Khabarhub

बाग्मती नदी नियन्त्रण योजनामा ९६ लाखको भ्रष्टाचार


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय सहयोगमा सर्लाही र रौतहट जिल्लामा बाग्मती नदी नियन्त्रणका लागि सञ्चालित परियोजनामा करिब ९६ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका कर्मचारी र ठेकेदारको मिलेमतोमा ८५ लाख ९० हजार ६ सय २० रुपैयाँ बराबरको भ्रष्टाचार भएको भेटिएको हो ।

बाग्मती नदी नियन्त्रण आयोजनाको प्योकेज (सी)मा ५० लाख ६४ हजार ६ सय २० र प्याकेट (डी)मा ३५ लाख २६ हजार रुपैयाँ गरी कूल ८५ लाख ९० हजार ६ सय २० रुपैयाँ ठेकेदारलाई अग्रीम भुक्तानी जमानत रकम उपलब्ध गराइएको थियो । तर, कर्मचारीसँगको मिलेमतोमा उक्त रकम फिर्ता नगरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले अनियमितता प्रकरणमा संलग्न रहेको भन्दै जल उत्पन्न प्रकोपट नियन्त्रण डिभिजन कार्यालय नम्बर ३, बाराका तत्कालीन प्रमुख हीराचन्द झासहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ५ : ४२ बजे

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्