१९ वर्ष अगाडिको हत्याकाण्डका प्रमुख अभियुक्त पक्राउ | Khabarhub Khabarhub

१९ वर्ष अगाडिको हत्याकाण्डका प्रमुख अभियुक्त पक्राउ


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १९ वर्ष अगाडिको एक हत्याकाण्डका प्रमुख अभियुक्त पक्राउ परेका छन् ।

८ असार २०५७ मा भक्तपुरको कटुञ्जीकी बिजयश्वरी प्रजापतिको हत्यामा संलग्न प्रमुख अभियुक्त आइतबार पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिजयश्वरीको हत्यामा संलग्न देविरमण अधिकारीलाई पक्राउ गरेको हो । पर्साको सुवर्णपुर घर भएका अधिकारीलाई रुपेन्देहीको सिद्धार्थ नगरपालिका–१ बलहियाबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ ।

प्रहरीका अनुसार प्रजापतिको घरमा घरेलु कामदारका रुपमा कार्यरत अधिकारीले ७ महिनासम्मको तलब नपाएपछि हत्या गरेको बताएका छन् ।

अधिकारी विजयश्वरीका श्रीमान् तुल्सीभक्त प्रजापति तत्कालीन जिल्ला वन कार्यालय पर्साको प्रमुख हुँदा त्यहाँ कार्यालय सहयोगीको रुपमा करारमा कार्यरत थिए ।

तुल्सीभक्तको स?वा भएसँगै दविरमणको करार जागिर पनि सकियो । पछि तुल्सीभक्तले नै महिनाको १ हजार ५ सय रुपैयाँ तलब दिनेगरी आफ्नै घरमा रमनलाई काममा लगाए ।

तर, लामो समयदेखि तलब नपाएपछि उनले तलबका लागि ताकेता गर्दै आएका थिए । मागेको तलब नपाएपछि बिजयश्वरीको हत्या गरेर देविरमण फरार भएका प्रहरीले जनाएको छ ।

हत्या गरेर फरार भएका उनी धेरै समय भारतमा बसे । त्यहाँ बस्दा उनले आफ्नो नाम परिवर्तन गरेर (प्रकाश अधिकारी) राखेका थिए ।

बिजयश्वरीको परिवारका अनुसार उनी हत्या गरेर भाग्दा ८ तोला सुन र ६ लाख रुपैयाँ लिएर भागेका थिए ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ५ : २३ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश