बिकिनी अवतारमा प्रियंका कार्की | Khabarhub Khabarhub

बिकिनी अवतारमा प्रियंका कार्की


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्कीको क्रेज केही वर्षयता ह्वात्तै घटेको छ । उनका फिल्म एकपछि अर्को गर्दै फ्लप हुन थालेपछि उनलाई फिल्ममा अतिथि भूमिकामा मात्र देख्न थालिएको छ ।

चलचित्रमा खासै सक्रिय नदेखिए पनि प्रियंका लाइमलाइटमा भने रहने गर्छिन् । कहिले अन्तर्वार्ताका कारण त कहिले आफ्ना हट तस्वीरका कारण चर्चामा आइरहने प्रियंका पछिल्लो समय तस्वीरमा निकै खुल्दै गएकी छिन् । सामाजिक सञ्जालमा खुबै सक्रिय रहने प्रियंका टिकटकदेखि इन्स्टाग्रामलाई समय दिन भ्याएकी हुन्छिन् ।

कहिलेकाहीँ भने उनी फ्यानको नजरमा ‘ट्रोल’ पनि बन्ने गर्छिन् । तर प्रियंकालाई यस्ता कुरामा खासै मतलब लाग्दैन । प्रियंकाले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत जीवनका तस्वीरलाई शेयर गरिरहेकी हुन्छिन् ।

हालै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा बिकिनी अवतारका हट तस्वीरहरु अपलोड गरेकी छिन् । फ्यानले ती तस्वीरमा मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

पछिल्लो समय फिल्म र अभिनयबाट चर्चामा आउन नसके पनि तस्वीरकै कारण हिट भएकी प्रियंका केही महिनायता आफ्ना ब्याइफ्रेन्ड आयुष्मान देशराज जोशीसँग साथै रहन्छिन् । प्रियंकाका तस्वीर प्रायः आयुष्मानले नै खिचेका हुन्छन् ।

यी दुईको अभिनय रहेको फिल्म ‘प्रेम दिवस’ जेठमा रिलिज हुने चर्चा छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ७ : ०७ बजे

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा