बाढीबाट ज्यान गुमाउनेको संख्या २८ पुग्यो | Khabarhub Khabarhub

बाढीबाट ज्यान गुमाउनेको संख्या २८ पुग्यो


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलावी– अफ्रिकी मुलुक मलावीमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । भारी वर्षासँगै मुलुकका विभिन्न क्षेत्रमा आएको बाढीबाट अरु ४५ हजार ३ सय १२ परिवारका २ लाख २६ हजार ५ सय ६० जनाभन्दा धेरै प्रभावित भएको अधिकारीले जनाएका छन् ।

त्यसबाहेक बाढीबाट अरु दर्जनौँ मानिसहरु अझै हराइरहेको र १ सय २४ जना घाइते भएको बताइएको छ । बाढीले सडक, विद्युतसेवा, सञ्चार तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

बाढीबाट नदीमा पानीको सतह माथि आएर मुलुकका सयौँ वर्गकिलोमिटर क्षेत्र डुबानमा समेत परेको छ । बाढीपछि मलावीका राष्ट्रपति अर्थर पिटर मुटारिकाले गत शुक्रबार संकटकाल घोषणा गरेका थिए ।

त्यसबाहेक बाढीले छिमेकी मुलुक मोजाम्बिकाको पश्चिमी क्षेत्रलाई पनि प्रभावित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १० : ४६ बजे

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।

एकीकृत समाजवादीको महाधिवेशनमा माधव र झलनाथबीच भिडन्त !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र

महान्यायाधिवक्ताको राय नआउँदा कोशीमा नयाँ सरकारबारे अलमल

काठमाडौं- महान्यायाधिवक्ताले कानुनी राय दिन ढिलाइ गर्दा कोशी प्रदेशमा नयाँ