पोखरा रंगशालाको शिलान्यास, साग अगाडि नै निर्माण सकिने | Khabarhub Khabarhub

पोखरा रंगशालाको शिलान्यास, साग अगाडि नै निर्माण सकिने


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि निर्माण सम्पन्न गर्ने गरी पोखरा रंगशालाको निर्माण कार्य शुरु भएको छ । आइतबार पोखरा पुगेका यूवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार, राष्ट्रिय खेलकुद परिसद (राखेप) का सदस्य सचिव केशव कुमार विष्ट लगायतले विमानस्थलको शिलान्यास गरेका छन् ।

रंगशाला निर्माणका लागि राखेपले भारतीय कम्पनी ग्रेट स्पोर्टस् इन्फ्रा प्रालि र नेपाली कम्पनी एमए कन्सट्रक्सन प्रालिलाई निर्माणको जिम्मेवारी दिइसकेको छ । राखेपले रंगशाला निर्माणका लागि १ अर्ब २८ करोड रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

नयाँ बन्ने पोखरा रंगशाला १५ हजार ५ सय दर्शक क्षमताको हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डमा बन्ने रंगशालाको चारैतिर छानासहित प्यारापिट रहनेछ । यस्तै मैदानको छेउमा सिन्थेटिक ट्रयाक रहनेछ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ७ : ०४ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले