इथियोपियामा विमान दुर्घटना : १ सय ५७ जनाको मृत्यु | Khabarhub Khabarhub

इथियोपियामा विमान दुर्घटना : १ सय ५७ जनाको मृत्यु


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इथियोपिया– इथियोपियन एअरलाइन्सको दुर्घटनाग्रस्त विमानमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको भएको छ । इथियोपियाको राज्य सञ्चालित समाचार संस्था इबीसीले जनाए अनुसार दुर्घटनाग्रस्त बोइङ ७३७ विमानमा सवार १ सय ४९ यात्रु तथा ८ चालक दलका सदस्य सवैको  मृत्यु भएको छ ।

यसअघि इथियोपियाको राजधानी आदिस अबाबामा रहेको बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट केन्याको राजधानी नैरोबीको जुमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको फ्लाइट इटी ३०२ को विमान उडान भरेको केही मिनेटभित्रै सम्पर्कविहीन भएको थियो ।

विमान आदिस अबाबाबाट ६२ किलोमिटर दक्षिणपूर्वमा रहेको बिसोफ्टु शहराजिक दुर्घटनाग्रस्त भएको हाे । स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेर ३८ मिनेटमा नैरोबीका लागि उडेको विमान उडेको केही समयमा नै ८ बजेर ४४ मिनेटमा दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन् ।
यता इथियोपियाका प्रधानमन्त्री आबिये अहमदले विमान दुर्घटनामा मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । त्यस्तै केन्याका राष्ट्रपति उहुरु केन्याटाले  घटनाप्रति दु:ख प्रकट गर्दै  मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

दुर्घटना भएको विमान कम्पनी इथियोपियन एयरलाइन्सले  दु:ख प्रकट गर्दै आफ्नाे सामाजिक सञ्जाल समेत कालो बनाएको छ ।

इथियाेपियन एयरलाइन्स अफ्रिकी महादेशको सवैभन्दा ठूलो  विमान सेवा प्रदायक कम्पनी हाे । गत वर्ष मात्रै उसले १ करोड ६० लाख भन्दा बढी यात्रुलाई हवाइ सेवा प्रदान गरेको थियो ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ७ : ०४ बजे

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र