विस्फोटको विरोधमा सुरक्षा माग्दै म्यानपावरको काम ठप्प | Khabarhub Khabarhub

विस्फोटको विरोधमा सुरक्षा माग्दै म्यानपावरको काम ठप्प


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराइएको विरोधमा आज देशभरका म्यानपावरले काम ठप्प पारेका छन् ।

शुक्रवार राति बसुन्धारास्थित गुरुङको निवासमा विस्फोट गराइएको थियो । विस्फोटमा गुरुङको सवारीमा क्षति पुगेको थियो भने भने घरमासमेत क्षति भएको छ ।

अध्यक्ष गुरुङको घरमा भएको विस्फोटको विरोध गर्दै म्यानपावर व्यवसायीहरुले आज (आइतबार) आफ्ना काम रोकेका छन् ।

विस्फोटको विरोधमा र व्यवसायको सुरक्षाको माग गर्दै आज विरोध स्वरुप कामकारवाही नगर्ने वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव नरेश गेलालले बताए ।

करिब १४ सय म्यानपावर दर्ता भएपनि देशभर ७ सय ५४ म्यानपावर सञ्चालनमा रहेका छन् ।

युवा संगठनले लियो जिम्मा

गुरुङको घरमा आफूहरुले बम विस्फोट गरेको विप्लव नेतृत्वको युवा संगठनले दाबी गरेको छ ।

युवा संगठनले टप जव्स प्राइभेट लिमिटेडका म्यानेजिङ डाइरेक्टर समेत रहेका मेनपावर व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङलाई कारबाही गरेको दाबी गरेको छ ।

शनिवार राति एक विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ । विज्ञप्तिमा भनिएको छ,‘आफूहरुले बारबार चेतावनी दिँदा पनि नमानेको हुँदा युवा संगठनले बाध्य भएर कारवाही गरेका छौं ।’

वैदेशिक रोजगारी दिन्छु भनेर ठगी गर्ने र वैदेशिक रोजगारीका नाममा मानव तस्करी गरेकोले कारवाही गरेको र आगामी दिनमा त्यसो नगर्न संगठनले वैदेशिक रोजगार व्यवसायीलाई चेतानी दिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १० : ४७ बजे

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११