जापानी नागरिक काने तनाका भइन् संसारकी सबैभन्दा जेष्ठ नागरिक | Khabarhub Khabarhub

जापानी नागरिक काने तनाका भइन् संसारकी सबैभन्दा जेष्ठ नागरिक


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोक्यो– जापानी नागरिक काने तनाकाका संसारकी सबैभन्दा जेष्ठ नागरिक बनेकी छिन् । १सय १६ वर्षकी टानाका संसारको सबैभन्दा जेष्ठ नागरिक भएको गिनिज वर्ल्ड रेकर्डले बताएको छ ।

अहिलेपनि हिसाब गर्ने र बोर्ड गेम खेल्ने तनाका सन् १९०३ जनवरी २ मा जन्मेकी हुन् । उनले सन् १९२२ मा विवाह गरेकी थिइन् भने उनीबाट ४ सन्तान जन्मेका थिए । उनले  एक जनालाई धर्म सन्तानको रुपमा समेत पालेकी थिइन् ।

उनी अहिले पनि विहान ६ बजे उठ्ने गर्दछिन् । त्यस्तै उनी गणित पढेर र क्यालीग्राफ्री (अक्षर राम्रो लेख्ने तरिका) अभ्यास गरेर दिन बिताउने गर्दछिन् ।

उनलाई मनपर्ने खेलकुद ओथेलो हो । उनी क्यासिक बोर्ड गेममा निपूर्ण छिन् र घरका सबै सदस्यले उनलाई अहिलेसम्म हराउन नसकेको गिनिज बुकले लेखेको छ ।

जापान सबैभन्दा बढी औसत आयु भएको देश हो । जहाँ चियाे मियाकोजस्ता सबैभन्दा धेरै बाच्ने मानिसहरु रेकर्डमा समावेश भएका छन् । मियाकोको सन् सन् २०१७ जुलाईमा ११७ वर्षको उमेरमा मृत्यु भएको थियो ।

गिनिज बुकमा अहिलेसम्म सबैभन्दा धेरै बाच्ने पुरुष फ्रान्सका जेन लुइस क्यालिम हुन् । उनको १२२ वर्षको उमेरमा सन् १९९७ मा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ८ : ५९ बजे

गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ बनाउने, भदौदेखि सुटिङ

काठमाडौं- चर्चित गायक प्रकाश सपुतले फिल्म बनाउने भएका छन् ।

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा (तस्बिरहरू) 

काठमाडौं– आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै

अर्थमन्त्रीलाई सुझाव : रोजगारी र उत्पादन बढाउने बजेट ल्याउनू

काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन जनाको शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन जनाको शव फेला परेको