महिला हिंसाको अन्त्यका लागि कानूनमै कडा व्यवस्था हुनुपर्छ: सभापति देउवा | Khabarhub Khabarhub

महिला हिंसाको अन्त्यका लागि कानूनमै कडा व्यवस्था हुनुपर्छ: सभापति देउवा


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महिला हिंसाको अन्त्यका लागि कडा दण्ड सजायको व्यवस्था हुनुपर्ने बताएका छन् ।

मंगलबार काँग्रेस पार्टी कार्यालय सानेपमा ‘नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान’ले महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले महिला हिंसा, बलत्कार तथा हत्या न्युनिकरणका लागि कानूनमै कडा व्यवस्था गरिनुपर्ने बताएका हुन् ।

उनले नेपाली काँग्रेसको विधानमा यस्तो गतिविधिमा सहभागी हुनेहरुलाई सदस्यता समेत लिन नपाउने व्यवस्था गरिएको बताए । उनले महिला हिंसा कम गर्न सरकारले काम नगरेपनि नेपाली काँग्रेसले गर्नुपर्ने बताए ।

कार्यक्रममा काँग्रेस महासचिव शशाङ्क कोइरालाले महिला हिंसाविरुद्धको विषयलाई विद्यालयस्तरको पाठ्यक्रममै राखेर अगाडी बढ्नुपर्ने बताए । त्यस्तै काँग्रेस नेतृ आरजु देउवाले महिलामुखि एजेण्डाहरु नेपाली काँग्रेसले स्थापनाकालदेखि उठाउँदै आएको बताए ।

नेपाली काँग्रेसले समाजमा परिवर्तन ल्याउने गरी महिलाका लागि गर्नुपर्ने कामहरुको बारेमा प्रतिष्ठान अगाडी बढ्नुपर्ने समेत उनले बताए । नेतृ उमा रेग्मीले नेपाली समाजमा महिलालाई बस्तुजस्तो प्रयोग गर्ने र फाल्ने रुपमा हेरिएको बताउँदै सरकार यसप्रति गम्भिर नभएको आरोप लगाए । उनले लोकतन्त्रको नाउँमा झन् बढी महिला हिंसा बढेको बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ७ : ३७ बजे

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । उनकी ममतामयी

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले