मंगगलबार पनि तोलामा २ सय रुपैयाँले घट्यो सुनको मूल्य | Khabarhub Khabarhub

मंगगलबार पनि तोलामा २ सय रुपैयाँले घट्यो सुनको मूल्य


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । महासङ्घले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ५०० निर्धारण गरेको छ । पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार ४०० ले घटेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । मंगलबार चाँदीको मूल्यमा प्रतितोला ५ ले घटेर ८३० मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

गत बुधबार छापावाला सुन प्रतितोला ७२ हजार २०० र तेजाबी सुन ७१ हजार ९०० मा खरिदबिक्री भएको थियो । सुनको मूल्य बिहीबार प्रतितोला  २००, शुक्रबार ३००, आइतबार  ५०० र सोमबार प्रतितोला  २०० रुपैयाँले घटेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  २ : ५२ बजे

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । छ महिनाअघि

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार