ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु | Khabarhub Khabarhub

ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा बाँकेको फत्तेपुरमा दुई जनाको मृत्यु भएको छ । मृतक दाजुभाइका छोरा रहेको प्रहरीले जनाएको छ ।

गएराति दुई बजे ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २४ वर्षका सुमनकुमार थारु र १५ वर्षका सञ्जीव धम्लहवाको मृत्यु भएको हो ।

राप्ती सोनारी गाउँपालिका–७, फत्तेपुरस्थित राधाकृष्ण मन्दिर चोक नजिकै भे १ त २९०१ नं को ट्र्याक्टर र म २ प ७०३४ नं को मोटरसाइकल ठोक्किँएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याउँदै गर्दा दुवै जनाको मृत्यु भएको थियो । ट्र्याक्टरका चालक फरार छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ४ : २२ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध