अध्ययन भन्छ– रातो मासुले स्वास्थ्यमा असर पर्दैन | Khabarhub Khabarhub

अध्ययन भन्छ– रातो मासुले स्वास्थ्यमा असर पर्दैन


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एउटा अध्ययनले ससेज, किमा, स्टेक र रातो मासुको अरू स्वरूप अथवा प्रशोधित मासु खान कम गर्नु नपर्ने देखाएको छ ।

विश्वका अधिकांश महत्त्वपूर्ण सङ्गठनहरूसँग असहमति व्यक्त गर्ने उक्त अध्ययनले भनेको छ – तिनीहरूले यसअघि दिएका प्रमाण दुर्बल छन् र रातो मासुले मानिसको स्वास्थ्यमा पार्ने असर कम छन् ।

केही विज्ञहरूले सूक्ष्म ढङ्गले गरिएको जाँचको प्रशंसा गरेका छन् ।

विज्ञहरूको अन्तर्राष्ट्रिय टोलीले मानिसहरूले रातो मासु, ससेज तथा बेकनका कारण क्यान्सरको जोखिम बढ्ने निकै कम प्रमाण भएकाले त्यो खाइरहन मिल्ने निष्कर्ष निकालेको बीबीसीले जनाएको छ ।

एनल्स अफ इन्टर्नल मेडिसन नामक जर्नलमा लेख्दै अनुसन्धानकर्ताहरूले रातो एवम् प्रशोधित मासुको उपभोगको खतराबारे हाल उपलब्ध प्रमाण निकै कमजोर रहेको भन्दै मानिसहरूले हप्ताको तीन वा चार पटक तिनको उपभोग गरिरहन मिल्ने जनाएका छन् ।

तर त्यो निष्कर्ष विश्व स्वास्थ्य सङ्गठनले हाल जारी गरेको सुझावविपरीत छ । साथै जनस्वास्थ्यसम्बन्धी निकायहरूले यस्तो निचोडले मानिसहरूको विवेकपूर्ण खानेबानीमा असर पुग्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

चौपायाको आदिको मासु रातो मासुमा गणना हुन्छ भने हाँस र सिकार गरिएका चराचुरुङ्गीको मासु त्यसमा गणना हुँदैन ।

टिक्ने समय र स्वाद परिवर्तन गरिएको चाहिँ प्रशोधित मासुभित्र पर्छ र त्यसका लागि प्रमुख विधि भनेको पोल्ने, नुन थपेर वा अनेक तरिकाले लामो समयसम्म खान मिल्न बनाउने हो।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ४ : १७ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री