अनेरास्ववियुका नेता पदमबहादुर शाहीको दुर्घटनामा परी मृत्यु | Khabarhub Khabarhub

अनेरास्ववियुका नेता पदमबहादुर शाहीको दुर्घटनामा परी मृत्यु


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते विद्यार्थी नेताको मृत्यु भएको छ ।

मोटरसाइकल चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिए ।

उनका अनुसार अनेरास्ववियुका केन्द्रीय सदस्य शाहीले चलाएको बा ५८ प २१८६ नं को मोटरसाइकल बिहीबार राति बा १९ च १२१४ नं को कारसँग बाँकेको राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगञ्ज नजिक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार शाहीसहित दुईजना घाइते भएका थिए । मोटरसाइकलको पछाडी सवार नवीना शाहीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

शाहीको मृत्युप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले दुख व्यक्त गर्दै संगठनलाई स्तब्ध बनाएको जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  १ : ४३ बजे

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ।