पूजा गर्ने समयको विषयलाई लिएर झडप, १२ घाइते | Khabarhub Khabarhub

पूजा गर्ने समयको विषयलाई लिएर झडप, १२ घाइते


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको शम्भुनाथमा दशैंको अवसरमा आयोजित रामलिलाको समय विषयलाई लिएर उत्पन्न विवादपछि भएको कुटपिटमा १२ जना घाइते भएका छन् । घाइते मध्ये चारको अवस्था गम्भिर छ ।

शम्भुनाथ १ खोक्सरस्थित दुर्गा मन्दिर प्राङ्गणमा दशैंको अवसरमा आयोजना गरिएको रामलिला कार्यक्रमको समय विषयलाई लिएर उत्पन्न विवादले उग्र रुप लिएपछि पूजा समिति पक्षधरको कुटाईबाट १२ जना घाइते भएका हुन् ।

गम्भिर घाइते हुनेहरुमा शम्भुनाथ नगरपालिका १ बस्ने खेम बहादुर कार्की, कौशलकुमार यादव, प्रमोद कोइराला तथा रुपनी गाउँपालिका १ का रामबाबु यादव छन् ।

स्थानीय युनिक अस्पतालमा भर्ना भएका चारै जनाको अवस्था नाजुक बन्दै गएपछि बुधबार बिराटनगरस्थित न्यूरो अस्पताल रेफर गरिएको डा. प्रमोद साहले जानकारी दिए ।

यस्तै कुटपिटबाट धिरेन्द्र चौधरी, मो. समिम, रमेश कुमार यादव, अशोक यादव, सरोज कार्की, देवसुन्दर यादव, सन्तोष साह र ओमकान्त साह पनि घाइते भएका छन् । उनीहरुको युनिक अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीले घटना अनुसन्धानको क्रममा पूजा समितिका अध्यक्ष इनरदेव साह, कोषाध्यक्ष दिलिप चौधरी, सदस्य हिरु चौधरी, पुन्ति यादव र रामचन्द्र साह लगायत पाँचजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य केही फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

मंगलबार राति ८ बजेतिर रामलिला कार्यक्रम चलिरहेको बेला दुई पक्षबीच झडप शुरु भएको थियो । स्थानीयका अनुसार पूजा समितिले रामलिला कार्यक्रम राति १ बजेसम्म चलाउने तथा अर्को पक्षले राति १२ बजेसम्म मात्र चल्न दिने अडान राखेपछि झडप शुरु भएको थियो ।

सोही क्रममा वडा अध्यक्ष समेत रहेका पूजा समितिका अध्यक्ष इनरदेव साहको नेतृत्वमा एक समूहले लाठी, फठ र फलामे रडबाट अन्धाधुन्द आक्रमण गरेको घाइतेहरुले बताए छन् ।

पूजा समिति नेकपा तथा घाइते पक्ष काँग्रेस र राजपा पक्षधर हुन् । यसैबीच राजपाका केन्द्रीय सदस्य दिनेश यादव तथा नेपाली काँग्रेस सप्तरीका अध्यक्ष दिनेश कुमार यादवको नेतृत्वमा बुधबार एक टोलीले जिल्ला प्रहरी कार्यालयमा पुगि घटनाको सत्यतथ्य छानबिन गरि दोषिमाथी कडा कारवाहीको माग गरेका छन् ।

यता रातिदेखि नै गाउँ तनावग्रस्त बनेपछि थप अप्रिय घटना हुन नदिन अहिले त्यस क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ५ : ४५ बजे

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना