आयरल्याण्डले नेपाललाई दियो १४६ रनको लक्ष्य | Khabarhub Khabarhub

आयरल्याण्डले नेपाललाई दियो १४६ रनको लक्ष्य


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँच देशीय टी–ट्वान्टी सिरिजमा आयरल्याण्डले नेपाललाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अम्रेट क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनायो ।

आयरल्याण्डका ओपनर पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाए । एन्ड्री बलबीनीले ३८ रन बनाए । अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।

नेपालका अविनाश बोहरा र सन्दीप लामिछानेले समान २ तथा ललित राजवंशी र करण केसीले समान एक विकेट लिएका थिए ।

सन्दीपले आयरल्याण्डका आक्रमक ब्याट्सम्यान केभिन ओ ब्रोएनलाई ५ रनमा पोविलियनको बाटो देखाउँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

आयरल्याण्डविरुद्दकाे खेलमा नेपालले टिममा मुख्य दुई परिवर्तन गरेको छ । ओपनिङमा इशान पाण्डे र आक्रमक ब्याट्सम्यान सन्दीप जोरालाई मौका दिईएको छ ।

नेपालले अघिल्लो खेलमा जम्न नसकेका ओपनर पवन सरार्फ र रोहितकुमार पौडेललाई टिम बाहिर राखेको छ ।

पवनको स्थानमा ईशान र रोहितको स्थानमा सन्दीपलाई मौका दिईएको हो । नेपालले सुरुवाती दुई खेलमा हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो । नेपाल टेष्ट राष्ट्र आयरल्याण्डलाई हराएर तेस्रो जित निकाल्न चाहन्छ ।

टेष्ट राष्ट्रमाथि जित निकाल्दै इतिहास बनाउने अवसर नेपाललाई छ । नेपालले हालसम्म टेष्ट राष्ट्रलाई हराउन सकेको छैन । तर, बलियो टिम आयरल्याण्डलाई पराजित गर्न नेपाललाई सजिलो भने हुने छैन ।

नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । तीन खेल खेलेको आयरल्याण्ड दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर दोस्रो स्थानमा छ ।

समान अंक भएपनि रनरेटका आधारमा आयरल्याण्ड दोस्रो स्थानमा रहेको हो । आयोजक ओमान तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  १ : १७ बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०