डेंगु संक्रमित मन्त्री खनाल अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

डेंगु संक्रमित मन्त्री खनाल अस्पतालबाट डिस्चार्ज


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेंगुको संक्रमणका कारण उपचारका लागि भर्ना भएका कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

डेंगुको संक्रमण देखिएपछि मन्त्री खनाल उपचारका लागि ग्रान्डी अस्पताल भर्ना भएका थिए ।

भदौ १८ गते (बुधबार) अस्पताल भर्ना भएका मन्त्री खनाल ५ दिनको उपचारपछि सोमबार डिस्चार्ज भएका ग्रान्डी अस्पतालले जनाएको छ ।

४ जना चिकित्सकहरुको टोलीले मन्त्री खनालको उपचार गरेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएअनुसार मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विनय रेग्मी, डा. प्रजोल श्रेष्ठ, डा. प्रभात अधिकारी तथा डा. सुभाष प्रसाद आचार्यको टीमले मन्त्री खनालको उपचार गरेको हो ।

मन्त्री खनालाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको र उपचारपछि स्वास्थ्यमा सुधार आएका कारण सोमबार डिस्चार्ज गरिएको अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेद्वारा जारी गरिएको विज्ञप्ती उल्लेख छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ४ : ३७ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन