चिनियाँ दूतावास घेराउ गर्न पुगेका एक दर्जन प्रदर्शनकारी पक्राउ | Khabarhub Khabarhub

चिनियाँ दूतावास घेराउ गर्न पुगेका एक दर्जन प्रदर्शनकारी पक्राउ


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंस्थित चिनियाँ राजदूतावास घेराउ गर्न गएका एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । चीनतर्फ हुने नेपाली महिला बेचविखनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चीनतर्फ नेपाली महिला बेचविखन भइरहेको भन्दै तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको ध्यानाकर्षण गर्नका लागि प्रदर्शन गरिएको महिला अधिकारकर्मी सीता ज्योतिले जानकारी दिइन् ।

यसअघि सीमा सुरक्षा समितिका प्रदर्शनकारीले चीनले नेपाली भूमि मिचेको भन्दै पत्र पेश गरेका थिए । नियन्त्रणमा लिइएका प्रदर्शनकारीलाई कमलपोखरी प्रहरी वृत्तमा राखिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ३ : ०४ बजे

चुरे पहाडका अधिकांश वनमा डढेलो

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश

परियोजनामा सम्झौता टर्दै, तर अर्थमन्त्री भन्छन्‌ – ‘लगानी सम्मेलन सफल भयो’

काठमाडौं – अर्थमन्त्री एवम् लगानी बोर्ड उपाध्यक्ष वर्षमान पुनले लगानी

महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग

काठमाडौं– काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन