पाइलटहरुको हड्तालका कारण ब्रिटिश एयरवेजका १५०० उडान रद्द | Khabarhub Khabarhub

पाइलटहरुको हड्तालका कारण ब्रिटिश एयरवेजका १५०० उडान रद्द


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– संयुक्त अधिराज्यको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी ब्रिटिश एयरवेजले पाइलटहरुको हड्तालका कारण आफ्ना १ हजार ५ सयभन्दा बढी उडान रद्द गरिदिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तलब विवादका कारण पाइलटहरुले सोमबार र मंगलबारका लागि हड्ताल आह्वान गरेका छन् ।

ब्रिटिश एयरवेजको १०० वर्षे इतिहासमा पाइलटहरुले आह्वान गरेको यो सबैभन्दा ठूलो हड्ताल मानिएको छ ।

द टेलिग्राफ अववारका अनुसार यो हड्तालबाट २ लाख ८० हजार मानिस प्रभावित हुने देखिन्छ । पाइलटहरुको हड्तालका कारण ८ करोड पाउण्ड (११ अर्ब नेपाली) रुपैयाँ बराबर छाटा हुने छ ।

तलब तथा भ त्ताको विवादलाई लिएर ब्रिटिस एयरलाइन्स एसोसिएसन (बीएएलपीए)ले २३ अगस्टका लागि हड्ताल घोषणा गरेको थियो । बीएएलपीएले जारी गरेको विज्ञप्तीमा ९ र १० अगस्टमा पाइलटहरुले हड्ताले गर्ने भनिएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ११ : ४८ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।