बल्छी र राजु मास्टरले ल्याए ‘हल्का रमाइलो’, जिग्री र पाँडेले पनि नयाँ ल्याउने | Khabarhub Khabarhub

बल्छी र राजु मास्टरले ल्याए ‘हल्का रमाइलो’, जिग्री र पाँडेले पनि नयाँ ल्याउने


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट बाहिरिएको टिम नयाँ टेलिसिरियल ‘हल्का रमाइलो’का साथ दर्शकमाझ आएको छ ।

नेपाल टेलिभिजनबाट हरेक आइतबार राति ८ः५० बजे प्रशारण हुने गरी राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे)को लेखन तथा निर्देशनमा ‘हल्का रमाइलो’ दर्शकमाझ आएको हो ।

हल्का रमाइलोको पहिलो भाग प्रसारण भएसँगै यसको चौतफी चर्चा चुलिएको छ । ‘हल्का रमाइलो’को पहिलो भागमा ग्रामिण परिवेशलाई समेटिएको छ । टेलिसिरियलमा सामाजिक कुरीतिहरुलाई जस्ताको तस्तै दर्शकमाझ प्रस्तुत गरिने ‘हल्का रमाइलो’को लेखक तथा निर्देशक मरिचान श्रेष्ठ (बल्छी ध्रुबे) बताए ।

यसअघि टेलिसिरियल भाद्र १ गते गतेबाटै प्रसारणमा ल्याउने निर्माण पक्षले तयारी गरेको भए पनि प्राविधिक कारणले भदौ २२ गतेबाट मात्र प्रसारणमा आएको जनाएको छ । निर्माण पक्षले टेलिसिरियलबारे सल्लाह र सुझावको अपेक्षा राखेको छ ।

यसैबीच चर्चित अर्को हास्य टेलिसिरियल भद्रगोलबाट बाहिरिएका अर्जुन घिमिरे (पाँडे)  र कुमार कट्टेल (जिग्री)लगायतको पुरानै टिमले पनि नयाँ हास्य टेलिसिरियल ल्याउने भएका छन् ।

असोज २ गतेदेखि विहीबार राति ८ः५० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने उनीहरुले जनाएका छन् । ‘टिम त्यही, थीम त्यही तर फरक नाममा’ दर्शकमाझ आउने उनीहरुले जनाए पनि टेलिसिरियलको नाम चाहि सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १० : १८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर