डेंगुबाट ६ जनाको मृत्यु, ५६ जिल्लाका ३ हजार ८ सय ९९ जना संक्रमित | Khabarhub Khabarhub

डेंगुबाट ६ जनाको मृत्यु, ५६ जिल्लाका ३ हजार ८ सय ९९ जना संक्रमित


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेंगुबाट ६ जनाको मृत्यु भएको र ५६ जिल्लाका ३ हजार ८ सय ९९ जनामा संक्रमण फैलिएको जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौंमा दुई जना, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा १-१ जना गरी ६ जनाको ज्यान गएको  छ ।

भदौ २२ गते आइतबारसम्मको तथ्यांक अनुसार प्रदेश १ मा ८३१ जना, प्रदेश २ मा ३९ जना, प्रदेश ३ मा २०१० जना, गण्डकी प्रदेशमा ८९६ जना, प्रदेश ५ मा ९७ जना, कर्णाली प्रदेशमा ३ जना र सुदूर पश्चिम प्रदेशमा २३ जना गरी मुलुकभर ३ हजार ८ सय ९९ जना संक्रमित भएको महाशाखाले जनाएको हो ।

महाशाखाको तथ्यांकअनुसार सवैभन्दा बढी प्रदेश ३ को चितवनमा १ हजार ३६ जना डेंगुबाट संक्रमित भएका छन् । त्यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७ सय १५ जना संक्रमित भएका छन् ।

यस्तो छ महाशाखाको तथ्यांक

 

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ८ : २४ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।