बेल्जियम स्याङ्जा सम्पर्क समितिद्वारा आर्थिक सहयोग | Khabarhub Khabarhub

बेल्जियम स्याङ्जा सम्पर्क समितिद्वारा आर्थिक सहयोग


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका मृतकको परिवारलाई बेल्जियम स्याङ्जा सम्पर्क समितिले आर्थिक सहयोग गरेको छ ।

स्पेनमा रोजगारीको सिलसिलामा गत जेठ १९ गते कार दुर्घटनामा परी ज्यान गुमाएका स्याङ्जाको चिन्नेवासका पुजन कोइरालाकी माता देवी कोइरालालाई समाजसेवी नेत्रप्रसाद पाण्डेले रु दुई लाख २५ हजार ७५२ हस्तान्तरण गरे ।

बेल्जियममा रहेका स्याङ्जालीहरुको संस्था ‘बेल्जियम स्याङ्जा सम्पर्क समिति’ र बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा सङ्कलित रकम समितिका महासचिव होमनाथ पाण्डेले नेपाल पठाएका हुन् ।
एउटा नेपालीको दुःखमा अर्को नेपालीले पनि सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाका साथ मृतकको परिवारलाई आर्थिक सहयोग गरेको समाजसेवी पाण्डेले बताए । श्रीमान् र छोरा गुमाएकी पुजनकी आमा एक छोरीका साथ काठमाडौँमा बस्दै आएकी छिन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ८ : ०९ बजे

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु