गुगल सर्चमा अघि आउन अपनाउनुपर्ने ५ तरिका | Khabarhub Khabarhub

गुगल सर्चमा अघि आउन अपनाउनुपर्ने ५ तरिका


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यतिबेला अधिकांश उत्पादन तथा अनलाइन साइटहरु गुगलमा कसरी माथि आउन सकिन्छ भन्ने ध्याउन्नमा छन् । अझ त्यसमा पनि गुगलको सर्च इन्जिनमा कसरी आउन सकिन्छ भन्ने खोज अनुसन्धान पनि भइरहेका छन् ।

यदि गुगलमा सम्बन्धित विषयका बारेमा कसैले सर्च गर्यो भने आफ्नो वेबसाइट, आफुले पोष्ट गरेका सामाग्रीहरु, आफ्नो कम्पनी तथा विषयहरु सूचिको सबैभन्दा माथि देखियो भन्ने चाहना राख्नु सामान्य पनि हो ।

गुगल सर्चमा टप लिस्टमा आउनु भनेको लोकप्रियताको मापन पनि हो । केही यस्ता काइदा छन् जसबाट तपाइँ आफ्नो वेबसाइट वा इन्टरनेट सामाग्रीहरुहरुलाई गुगल सर्चको टप लिस्टमा पुर्‍याउन सक्नुहुन्छ ।

मोबाइल मैत्री बनाउने : न्यूज साइटदेखि लिएर सपिङ साइट सम्मका वेबसाइटहरु मोबाइलमा हेर्नेको संख्या बढिरहेको छ । यदि तपाइँको वेबसाइट मोबाइल फ्रेण्डली भयो भने गुगल सर्चमा अगाडि आउने उत्तम विकल्प रहन्छ र यसबाट तपाइँको वेबसाइटका भिजिटर्सको संख्या पनि ह्वात्तै बढ्दछ ।

शीर्षक आकर्षक बनाउने : कि वर्डको साथसाथै तपाइँले सामाग्रीको गुणस्तरमा पनि ध्यान दिनुपर्ने हुन्छ । यदि राम्रो सामाग्री भयो भने धेरै मानिस प्रभावित भएर तपाइँको वेबसाइटको सामाग्री पढ्ने तथा शेयर गर्ने क्रम तिब्र हुन्छ ।

सामाजिक मैत्री बनाउने : तपाइँको साइटका सामाग्रीहरु भद्र, सभ्य तथा सामाजिक पाराका हुनुपर्छ । यो भयो भने सबैखाले मानिसहरुले पढ्ने तथा शेयर गर्ने गर्छन् । वेबसाइट भिजिट गर्ने मानिसको संख्या पनि बढिरहन्छ ।

हाइपरलिंक राख्ने : आफ्नो साइटका सामाग्रीहरुको आधिकारिकताका लागि मूल श्रोतको हाइपरलिंक ठाउँठाउँमा दिनुपर्छ । यसो गर्दा मानिसहरुले मूल श्रोतसम्म पनि पुगेर सामाग्रीहरु पढ्दछन् । त्यस्तै आफ्नै साइटका पूराना सान्दर्भिक सामाग्रीहरुलाई समेत हाइपर लिंकमा राखिदिनुपर्छ । यसो गर्दा पूराना सामाग्रीहरु समेत पटक पटक पढिन्छन् र वेबसाइट भिजिटर्सको संख्या बढ्छ । सामाग्रीहरु धेरै पटक पढिँदा त्यो गुगल सर्चमा पनि अगाडि आउने सम्भावना हुनछ ।

वेब स्पिड बढाउने : तपाइँको साइट कति छिटो खुल्दछ र त्यसका सामाग्रीहरु प्रयोगकर्ताले कति छिटो पढ्न पाउँछ भन्ने कुराले पनि लोकप्रियताको मापन गर्दछ । खुल्नकै लागि बेर गर्ने धीमा साइटका प्रयोगकर्ता पनि घट्दछन् र यसबाट तपाइँको साइट सर्च रिजल्टमा माथिल्लो स्थानमा आउने सम्भावना कम हुन्छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १ : ५१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर