बफादार कुकुर ! जसले मालिकको ज्यान बचाउन प्राण त्याग्यो | Khabarhub Khabarhub

बफादार कुकुर ! जसले मालिकको ज्यान बचाउन प्राण त्याग्यो


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कुकुर निकै वफादार जनावर हो । सुघ्ने क्षमता उच्च भएका कारण विभिन्न आप–राधिक क्रियाकलापको अनुसन्धान गर्ने क्रममा समेत कुकुरको प्रयोग गरिन्छ । घरको सुरक्षाका लागि कैयौंले कुकुर पाल्ने गर्छन् ।

घरको सुरक्षामात्र होइन कुकुरले घरमा परिवारका सदस्यको पनि उत्तिकै हेरचाह र सुरक्षा गर्छ भन्ने कुरा हालै भारतमा घटेको एउटा घटना गतिलो उदाहरण बनेको छ ।

बिहारमा एक वफादार कुकुरले आफ्नो ज्यान दिएर मालिक र उनको परिवारलाई बचाएको हो । कुकुरले आफ्नो मालिकलाई टोक्नै लागेको विषालु सर्पलाईसमेत मारेको छ । कुकुर र सर्पबीचको लडाईमा दुवै मरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

निजामतपुर गाउँमा भएको घटनाअनुसार घरमा राती अचानक सर्प छिर्न खोजेपछि कुकुरले आफ्नो ज्यान दिएर भएपनि सर्पलाई टोकेरै मारेको थियो । जब बिहान भयो यो घटनाबारे घरका सबै सदस्यले थाहा पाए ।

आँगनमा कुकुर र सर्प मरेको दृश्य अहिले भारतमा सामाजिक सञ्जालमा भाइरल बनेको छ । मालिकप्रति कुकुरले देखाएका बफादारीका कारण ती व्यक्तिले कुकुरको श्रद्धाका साथ अन्तेष्टी समेत गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ८ : ५८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र