प्रिमियर लिगको नयाँ सिजनका खेल आजदेखि, पहिलो खेलमा लिभरपुल र नर्विच सिटी भिड्ने | Khabarhub Khabarhub

प्रिमियर लिगको नयाँ सिजनका खेल आजदेखि, पहिलो खेलमा लिभरपुल र नर्विच सिटी भिड्ने


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगको नयाँ सिजनका खेल शुक्रबारबाट शुरु हुने भएको छ। प्रिमियर लिगको पहिलो खेलमा लिभरपुल र नर्विच सिटीले प्रतिस्पर्धा गर्दैछन्।

प्रिमियर लिगको पहिलो खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुँदैछ। नयाँ सिजनको शुरुवात दुवै टोलीले शुखद् बनाउने लक्ष्य बनाएका छन्। नर्विचभन्दा तुलनात्मक रुपमा बलियो लिभरपुल सहज जीतको खोजिमा हुनेछ भने नर्विच पनि लिभरपुलसँग अंक बाड्ने लक्ष्यमा छ।

सिजनको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्न लागेको लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले विपक्षी कमजोर भएपनि सम्हालियर खेल्नु पर्ने बताएका छन्।
उनले नर्विचप्रति आफ्नो सम्मान रहेको बताउँदै उससँग टिमले संगठित भएर नखेल्दा पराजित हुन सक्ने बताएका छन्।

गत बर्ष लिभरपुललाई म्यान्चेस्टर सिटीले प्रिमियर लिग उपाधि उचाल्नबाट विमुख गराएको थियो भने यो सिजनमा उत्कृष्ट शुरुवात गर्ने प्रशिक्षकको दावि छ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ६ : ५५ बजे

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका

देशभरका विपन्नलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने

अर्थमन्त्री पुनको दाबी : ‘नेपाल लगानीको गन्तव्य बनिसक्यो’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य