यस्तो अन्धविश्वासका कारण जीवनभर 'कुमार' नै रहे यी अभिनेता | Khabarhub Khabarhub

यस्तो अन्धविश्वासका कारण जीवनभर ‘कुमार’ नै रहे यी अभिनेता


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेता सञ्जीव कुमारको फिल्मी करिअर त शानदार नै छ । उनले फिल्मको पर्दामा कैयन् भूमिका निभाए । तर, वास्तविकतामा उनी एक सुखबाट सधैँका लागि वञ्चित रहे । उनले घरजम बसाउने सुख कहिल्यै पाउन सकेनन् ।

यसको कारण थियो, अन्धविश्वास ।

खासमा उनको परिवारमा यस्तो घटना भएको थियो कि, छोरा १० वर्षको हुँदा पिताको मृत्यु भएको थियो । सञ्जीव कुमारका हजुरबुबा, बुबा र भाइका साथ यस्तो भएको थियो । यही कारणले सञ्जीव कुमारले बिहे नगर्ने फैसला गरेका थिए ।

बलिउडका यी ‘ठाकुर’ले बिहे त गरेनन् तर भाइका छोरालाई आफ्नो छोरा बनाए । आफूले अपनाएको छोरा जब १० वर्षका भए, सञ्जीव कुमारले यो संसारबाट अलविदा गरे । उनले ४७ वर्षकै उमेरमा यो संसारबाट विदा लिएका थिए ।

पहिलो हृदयघातपछि उनले अमेरिकामा पुगेर सर्जरी पनि गराएका थिए । तर उनको हालतमा खासै सुधार आएन । उनका कतिपय फिल्म मृत्युपछि रिलिज भएका थिए । सञ्जीव कुमारको अन्तिम फिल्म ‘प्रोफेसर की पडोसन’ थियो । यो फिल्म सन् १९९३ मा रिलिज भएको थियो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  २ : १६ बजे

काठमाडौंको वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली