‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजा दोहोरिए, यो मितिमा रिलिज हुने | Khabarhub Khabarhub

‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजा दोहोरिए, यो मितिमा रिलिज हुने


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको जोडी दोहोरिने भएको छ । सुदर्शन थापाले निर्देशन गर्ने फिल्मलाई गोरखाको मनकामना मन्दिरमा शुभ मुहूर्त गरियो ।

मुहूर्तसँगै फिल्म टिमले यसै वर्षको फागुन २३ गतेलाई प्रदर्शन मिति तय गरेको छ । निर्देशक थापा लामो समयदेखि फिल्मको तयारीमा जुटेका थिए । यसअघि बक्स अफिसमा पनि राम्रै व्यापार गर्न सफल फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पल शाह र पूजा शर्माको जोडी रहेको थियो । यो जोडीलाई दर्शकले रुचाएका थिए ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पनि एउटा रोमान्टिक लभ स्टोरी हुने जनाइएको छ । निर्देशक थापाले घोषणा गरेको झण्डै दुई वर्षपछि फिल्मको मुहूर्त गरिएको हो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १२ : ०७ बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०