‘गुणरत्न माला’ पुन:प्रकाशन गर्न साहित्यकारको माग | Khabarhub Khabarhub

‘गुणरत्न माला’ पुन:प्रकाशन गर्न साहित्यकारको माग


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – बालकदेखि वृद्धसम्मका लागि उपदेशमूलक ग्रन्थ ‘गुणरत्न माला’लाई व्याख्यासहित पुन:प्रकाशन गरिनुपर्नेमा जोड दिइएको छ ।

कवि जगन्नाथ गुरागाईँ साहित्य प्रतिष्ठानले सोमबार यहाँ आयोजना गरेको काव्यसभाका वक्ता साहित्यकारहरुले करीब १०० वर्षअघि प्रकाशन भएको गुणरत्न मालालाई पुन: प्रकाशन गरे समाजलाई फेरि सच्चरित्रमा फर्काउन सकिने बताए ।

साहित्यकार रमेशप्रसाद खकुरेलले समाजको घाउ निचोर्न सक्ने स्रष्टाको आवश्यकता रहेको उल्लेख गर्दै समाजलाई सही मार्गमा डो¥याउन गुणरत्न मालाजस्ता ग्रन्थको उपदेश एवं सच्चरित्रता चाहिने बताए ।

कार्यक्रममा साहित्यकार नगेन्द्रराज शर्मा, रोचक घिमिरे, प्राज्ञ लक्ष्मी उप्रेती, कुन्ता शर्मा, प्रतिष्ठानका अध्यक्ष राधिका गुरागाईँ, उपाध्यक्ष ऋषिप्रसाद दाहाललगायतले कवि गुरागाइँका अप्रकाशित कृति अनुसन्धान गरी सार्वजनिक गरिनुपर्ने विचार राखे ।

विसं १९५७ असार २३ गते जन्मनुभएका कवि गुरागाइँको निधन २०२३ कात्तिक २६ गते भएको थियो । उनको ११९औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा दुई दर्जन बढी कवि एवं कवयित्रीले रचना पाठ गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ११ : ५५ बजे

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित