विदेश भ्रमणमा मोदी– माल्दिभ्सको भ्रमण सकेर श्रीलंका पुगे | Khabarhub Khabarhub

विदेश भ्रमणमा मोदी– माल्दिभ्सको भ्रमण सकेर श्रीलंका पुगे


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– दोश्रो कार्यकाल सम्हालेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो विदेश भ्रमणका क्रममा माल्दिभ्सको भ्रमण सकेर श्रीलंका पुगेका छन् ।

नरेन्द्र मोदी शनिबार माल्दिभ्सको भ्रमण पूरा गरी शनिबार नै श्रीलंका पुगेका हुन् ।

उनले श्रीलंकामा त्यहाँका राष्ट्रपति मैत्रिपाला सिरिसेना, प्रधानमन्त्री रनिल विक्रमासिंघे, पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेसहित वरिष्ठ नेताहरुसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका श्रीलंकाली नेताहरुले मोदीलाई दोश्रो कार्यकालमा विजयी भएकोमा बधाई दिएको जनाइएको छ ।

भेटवार्तामा दुई मुलुकका नेताहरुबीच द्विपक्षीय सम्बन्ध, आतंकवाद, सुरक्षा, व्यापार लगायतका विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यससँगै मोदी गत अप्रिल महिनामा श्रीलंकामा २५० भन्दा धेरैको ज्यान जानेगरी भएको बम विष्फोटपछि श्रीलंकाको भ्रमण गर्ने पहिलो नेता भएका छन् । श्रीलंका भ्रमणका क्रममा उनले बम विष्फोट भएको सेन्ट एन्थोनी गिर्जाघरको समेत भ्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री मोदी आइतबार नै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ५ : १३ बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०