इपीएस परीक्षामा ८ हजार सहभागी भएनन्, अरुको जाँच दिन जाने १ सय ५६ पक्राउ | Khabarhub Khabarhub

इपीएस परीक्षामा ८ हजार सहभागी भएनन्, अरुको जाँच दिन जाने १ सय ५६ पक्राउ


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि लिइने कोरियन भाषा परीक्षा आइतवार सम्पन्न भएको छ ।

सन् २०२० का लागि ९२ हजार ३ सय ५६ जना परीक्षार्थीले आवेदन भरेका थिए । जसमध्ये ८४ हजार २ सय १५ जना कोरियन भाषा परीक्षामा सामेल भएको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । अरुको नामको परीक्षामा सहभागी १ सय ५६ जना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

सन् २०२० का लागि भाषा परीक्षा आवेदन दिएका मध्ये ८ हजार १ सय ४१ जना परीक्षामा सामेल नभएको शाखाले जानकारी दिएको छ ।
शनिबार र आइतबार काठमाडौं र पोखरामा गरि ३२ वटा केन्द्रमा भाषा परिक्षा सञ्चालन भएको थियो ।

कोरियन भाषा परीक्षा शन्तिपुर्ण भएको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका प्रमुख कृष्ण प्रसाद खनालले जानकारी दिए । परीक्षाको अनुगमनका लागि कोरियाको मानव सशाधन मन्त्रालयबाट ९७ जना टोली नेपाल आएका थिए ।

जसमा पोखरामा २५ र अन्य उपत्यकामा खाटिएको प्रमुख खनालले जानकारी दिए । नेपालबाट कोरिया सरकारले सन् २००८ देखि कोरियन भाषा परीक्षामार्फत कामदार लिन सुरु गरेको थियो ।

आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ । यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजान भएको हो ।

कोरियन भाषा परीक्षाको नतिजा आगामी १३ असारमा प्रकाशित हुने शाखाले जानकारी दिएको छ । गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए । गत वर्ष भाषा परिक्षा उत्तीर्ण परीक्षार्थी हाल कोरिया गइरहेका छन् । सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम गत ८ चैतबाट खुला भएको थियो ।

पछिल्लो समय कोरियन भाषामार्फत रोजगारीमा जाने नेपाली युवाको आकर्षण बढ्दो छ । देशमा रोजगारीको अवसर नभएका कारण कोरिया जान चाहेको परीक्षामा सहभागीहरुले बताए ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ४ : ५५ बजे

जनकपुरको अन्तर्राष्ट्रिय रंगशाला १७ वर्षदेखि अलपत्र, जग्गा सम्झौता भंगपछि स्थानीय निरास

जनकपुरधाम– जनकपुरमा निर्माणाधीन रहेको श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला चितवनको

लगानी सम्मेलनमा किन गएनन् एमाले अध्यक्ष ओली?

काठमाडौं- आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रमा प्रमुख

बझाङ उपनिर्वाचन : छबिसपाथिभेराको वडा १ बाट मत गन्न थालियो

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु भएको छ । मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं -वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको