दर्शकले गरे ‘समर लभ’ को प्रशंसा, निर्देशकले भने – दर्शक रुँदै निस्कनुभयो | Khabarhub Khabarhub

दर्शकले गरे ‘समर लभ’ को प्रशंसा, निर्देशकले भने – दर्शक रुँदै निस्कनुभयो


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रवारबाट रिलिज भएको फिल्म ‘समर लभ’ ले आज (शनिवार) दर्शकको साथ पाएको निर्माण टिमले जनाएको छ । पहिलो दिनको तुलनामा आज काठमाडौं तथा मोफसलका विभिन्न हलमा फिल्मले राम्रो व्यापार गरेको निर्देशक मुस्कान ढकालले जानकारी दिए ।

विशुद्ध प्रेमकथामा आधारित यो फिल्म सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ मा आधारित छ । समीक्षात्मक रुपमा मिश्रित प्रतिक्रिया पाएको यो फिल्मलाई दर्शकले भने रुचाएका छन् ।

पुस्तकमा आधारित भएकाले कतिपयले उपन्याससँग तुलना गरेपनि फिल्मले मन छोएको र दर्शकले निकै मन पराएको निर्देशक ढकालले बताए । काठमाडौंका विभिन्न हलमा पुगेर आफूले प्रतिक्रिया बटुलेको समेत ढकालले बताए । साथै उनले हिजोको तुलनामा आज हलमा दर्शक बढेको उनले स्वीकारे ।

‘हलबाट दर्शक रुँदै निस्कनुभएको छ, काठमाडौं मात्र होइन, मोफसलमा पनि राम्रो प्रतिक्रिया पाएको छु ।’, उनले भने ।

झण्डै तीन वर्ष लगाएर निर्माण गरिएको यो फिल्म नेपालभर मल्टिप्लेक्स तथा सिंगल थियटरमा चलिरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ८ : ५१ बजे

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर