बेलायतले हुवावेका सञ्चार परियोजना रोक्न सक्ने | Khabarhub Khabarhub

बेलायतले हुवावेका सञ्चार परियोजना रोक्न सक्ने


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुरक्षाको कारण देखाउँदै बेलायतले पाचौँ पुस्ताको टेलिकम्युनिकेशन सेवा फाइभ जी तथा अन्य संवेदनशील सञ्चार पूर्वाधारको विकासका लागि चिनियाँ कम्पनी हुवावेलाई अनुमति नदिने भएको छ ।

सरकारले राष्ट्रिय सुरक्षामा चुनौती थप्नसक्ने हुवावे वा अन्य चिनियाँ कम्पनीलाई बेलायतको रणनीतिक रुपमा महत्वपूर्ण सञ्चार परियोजनामा समावेश नगराउने अधिकार दिनेगरी कानून निर्माण हुनसक्ने द सन अखबारले लेखेको हो ।

द सनका अनुसार बेलायत युरोपेली युनियनबाट बाहिरिएपछि युरोपेली कानूनलाई प्रतिस्थापन गर्न आवश्यक कानूनमा यो प्रावधान राखिनेछ ।
हुवावेले बेलायती नागरिकको व्यक्तिगत विवरणमा पहुँच पु¥याउनेमा बेलायती अधिकारीहरु चिन्तित रहेको बताइएको छ ।

अर्कोतर्फ अमेरिकाले बेलायतलाई हुवावेलाई सञ्चारका परियोजनामा समावेश नगराउन दबाब दिइरहेको पनि द सनले जनाएको छ ।
चिनियाँ कम्पनी हुवावेसँग विश्वका थोरै कम्पनीसँग मात्रै रहेको फाइभ जी नामक प्रविधि रहेको बताइन्छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  २ : ५७ बजे

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा