कांग्रेसका कार्यकर्ताबीच सिन्धुपाल्चोकमा कुटाकुट, एक जना घाइते | Khabarhub Khabarhub

कांग्रेसका कार्यकर्ताबीच सिन्धुपाल्चोकमा कुटाकुट, एक जना घाइते


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– कांग्रेसको जागरण अभियान कार्यक्रममा सिन्धुपाल्चोकमा कांग्रेसका कार्यकर्ताबीच कुटाकुट हुँदा एक जना घाइते भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच कुटाकुट हुँदा तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ । कार्यक्रमको मन्तव्यकै क्रममा देउवा पक्षधर जिल्ला नेता र पौडेल पक्षधर नेता तथा कार्यकर्ताबीच भनाभन हुँदा विवादले उग्ररुप लिएको थियो ।

झडपपछि कार्यक्रमका सहभागीबीच भागभाग मच्चिएको थियो । सिन्धुपाल्चोकमा शेरबहादुर देउवा र पौडेल पक्षबीच लामो समयदेखि विवाद रहँदै आएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १० : ०२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड