क्रान्ति अझै आवश्यक छ –वैद्य | Khabarhub Khabarhub

क्रान्ति अझै आवश्यक छ –वैद्य


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले नेपालमा अझै क्रान्ति अपरिहार्य रहेको बताएका छन् ।

जनयुद्धका योद्धा एवं वरिष्ठ साहित्यकार घनश्याम ढकालको स्मृतिमा प्रकाशित ‘घनश्याम ढकाल स्मृतिग्रन्थ’को शनिवार गर्दै वैद्यले नेपालमा गणतन्त्र स्थापना भइसकेको भए पनि नेपाली जनताको जीवनस्तरमा अझै कुनै परिवर्तन नआएकाले क्रान्ति अपरिहार्य भएको बताए ।

उनले माक्र्सवादी दर्शनमा आस्था राख्ने प्रगतिवादी साहित्य आन्दोलनका धरोहर स्वर्गीय ढकालाई राज्यबाट सम्मान हुनुपर्ने बताए ।

उनले नेपालमा जनयुद्धको प्रक्रिया शुरु भएदेखि नै आफ्नो सानिध्य ढकालसँग रहेको र जनयुद्ध र सामाजिक परिवर्तनमा ढकालको योगदान अविष्मरणीय रहेको चर्चा गरे ।

लेखक, चिन्तक तथा प्राध्यापक हुँदै विभिन्न समयमा क्रियाशील कम्युनिष्ट पार्टीको उच्च पदमा रहेर कम्युनिष्ट आन्दोलनमा सक्रिय ढकालको अखिल नेपाल प्रगतिशिल लेखक सङ्घको अध्यक्ष पदमा रहेकै अवस्थामा विसं २०६८ मा निधन भएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ९ : १० बजे

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार