आन्दोलनरत समूहलाई वार्तामा आउन गृहमन्त्रीको अपिल | Khabarhub Khabarhub

आन्दोलनरत समूहलाई वार्तामा आउन गृहमन्त्रीको अपिल


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– गृहमन्त्री रामबहादुर थापाले आन्दोलनरत विभिन्न समूहलाई वार्तामा आउन आग्रह गरेका छन् ।

कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन आज(शनिवार) वीरेन्द्रनगर आएका मन्त्री थापाले शान्तिपूर्ण आफ्ना माग पूरा गर्ने अवसरको सदुपयोग गर्न अपिल गरेका हुन् ।

राज्यको मूलधारमा आउन र लोकतान्त्रिक विधिबाट समस्याको समाधान खोज्न सबैलाई आग्रह गर्दै उनले हिंसात्मक गतिविधि गर्नेलाई नियन्त्रण गरिने चेतावनी दिए ।

उनले भने, “राज्यविरुद्ध लाग्ने जो कोहीलाई पनि कानूनको दायरामा ल्याउछौँ ।”

वार्तामा नआउने आपराधिक समूहप्रति राज्य कठोरतापूर्वक उभिने बताउँदै उनले भने, “देशमा शान्ति, सुरक्षा, अमनचयन कायम गराउने राज्यकोे पहिलो दायित्व हो, केही समूहले केही स्थानमा हिंसात्मक गतिविधि गरेता पनि राज्यले सहजै नियन्त्रणमा लिन्छ ।”

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ९ : ३० बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार