प्यालेस्टाइनमा झडप एकको मृत्यु | Khabarhub Khabarhub

प्यालेस्टाइनमा झडप एकको मृत्यु


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजरायलसँग सीमा जोडिएको पूर्वी इजरायल अधिनस्थ प्यालेस्टाइनको गाजा क्षेत्रमा भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको छ। ४२ जना घाइते भएका छन् ।

इजरायलविरुद्ध प्रदर्शनमा उत्रिएका उनीहरुलाई इजरायली सुरक्षाकर्मीहरुले गोली प्रहार गरेका थिए ।

गोली प्रहारबाट दक्षिणी गाजाको रफाहका २३ वर्षीय तामर अराफातको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका अराफातको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार घाइते हुनेमा महिला, बालबालिका, स्वास्थ्यकर्मी तथा पत्रकारसमेत छन् ।

इजरायल–प्यालेष्टाइन क्षेत्रमा प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीबीच लामो समयदेखि प्रदर्शन र झडप हुँदै आएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १ : ५९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र