सीके राउतसँग द्विअर्थी सहमति : राउत भन्छन् राज्यले जनमतसंग्रह स्वीकार्यो, सरकार भन्छ यो सहमतिमा उल्लेख छैन | Khabarhub Khabarhub

सीके राउतसँग द्विअर्थी सहमति : राउत भन्छन् राज्यले जनमतसंग्रह स्वीकार्यो, सरकार भन्छ यो सहमतिमा उल्लेख छैन


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकार र मधेशलाई छुट्टै राज्य बनाउनुपर्ने माग गर्दै आन्दोलनमा रहेका सीके राउत समूहबीच ११ बुदे सहमति भएको छ । तर सरकार र राउत समूहले गरेको एउटै सहमतिलाई उनीहरुको व्याख्याले भने दुई अर्थ लाग्ने देखिएको नयाँ पत्रिकामा खबर छ ।

११ बुँदे सहमतिपछि शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीकै अगाडि राउतले जनमतसंग्रहको सम्प्रभुतालाई राज्यले स्वीकार्यो भनेका छन् । उनले अबको आफ्नो कार्यदिशा जनमतसंग्रह तर्फ नै रहेको बताएका छन् । तर, प्रधानमन्त्री ओलीले मूलधारको राजनीतिमा राउत आएको भन्दै उनको प्रशंसा गरे । राउतले उठाएको जनमतसंग्रहको बारेमा केही बोलेनन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने सीके राउतसमूहलाई संविधानअुनसार शान्तिपूर्ण मूलधारको राजनीतिमा आउन सहमति गरेपनि सहमतिका ११ बुँदामा कहिँपनि जनमत संग्रह उल्लेख नगरेको बताएका छन् ।

त्यस्तै विवादित अन्सारीबारे सुनुवाइ समिति निर्णय गर्न असफल शीर्षकको समाचारमा संवैधानिक परिषदबाट मुस्लिम आयोगको अध्यक्षमा सिफारिस समिम अन्सारीबारे निर्णय लिन संसदीय सुनुवाइ समिति असफल भएको छ । सिफारिस गरेको ४५ दिनसम्म सुनुवाइ समितिले निर्णय नगरेपछि योग्याता विवादमा परेका अन्सारी आयोगको अध्यक्ष बन्ने बाटो खुलेको हो । अब सरकारले चाहे अन्सारी मुस्लिम आयोगको अध्यक्ष बन्ने छन् ।

त्यस्तै ९३ स्थानीय तहले फेरे नाम र केन्द्र शीर्षकको समाचारमा ५५ स्थानीय तहले केन्द्र, १७ ले नाम र २१ ले दुवै परिवर्तन गरेका छन् । केन्द्र फेर्नेमा गाउँपालिका धेरै छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ६ : ५३ बजे

टेम्पो चालक विष्णुको आत्मगौरव– ‘सन्तानलाई सम्पत्ति ठानेर लगानी गरेँ, उनीहरूले सन्तोष दिए’

पतिको देहावसानपछि एक छोरा र एक छोरीको जिम्मेवारी सम्हालेकी विष्णु

घरमा शमीको बिरुवा रोप्दा के हुन्छ ?

काठमाडौं– सनातन धर्ममा घरमा बिरुवा लगाउनुलाई शुभ मानिन्छ । किनकी

इलाममा पराजित रास्वपाका मिलनले साग पसल खोल्ने

काठमाडौं– इलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल र रुसी समकक्षीबीच भेटवार्ता

काठमाडौं– भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र रुसका राष्ट्रिय

घाट पुगेका आफन्तको प्रश्न, सास जान कति समय लाग्छ ?

काठमाडौं – जतिसुकै घमण्ड भए पनि आर्यघाट पुगेपछि जिन्दगीबारे मान्छेको