४ बुँदे सहमतिपछि नेशनल मेडिकल कलेजका विद्यार्थीद्वारा आन्दोलन स्थगित | Khabarhub Khabarhub

४ बुँदे सहमतिपछि नेशनल मेडिकल कलेजका विद्यार्थीद्वारा आन्दोलन स्थगित


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुल्क फिर्ताको मागसहित लामो समयदेखि आन्दोलन गर्दै आएका विरगंजको नेशनल मेडिकल कलेजका विद्यार्थीले आन्दोलन स्थगित गरेका छन् ।

कलेज सञ्चालक र आन्दोलनरत विद्यार्थी बीच आज शुल्क फिर्ताको विषयमा ४ बुँदे सहमति भएसँगै विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

१० मंसिरमा शिक्षा मन्त्रालयमा भएको सहमति कार्यान्वयनका क्रममा कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीहरुबीच वार्ता भएको हो ।

वार्तामा कलेज प्रशासनले शैक्षिक वर्ष २०७५/७६ का पहिलो किस्ता र केही अतिरिक्त शुल्क तिरिसकेका विद्यार्थीहरुको विधि परीक्षा, रजिष्ट्रेसन, काउन्सिल रजिस्ट्रेसन , होस्टल र खानाको कटौती गरेर बाँकी रकम आउँदो किस्तामा समायोजन गर्ने सहमति जनाएको छ ।

समायोजनको लिस्ट एक सातामा प्रकाशित गर्नुपर्नेछ । शैक्षिक वर्ष २०७५/७६को हकमा तोकिएको शुल्क बाहेक अरु आजैबाट समायोजन र फिर्ता प्रक्रिया सुरु गर्ने सहमति भएको छ ।

सहमतिको पत्र

 

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ९ : ०१ बजे

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१