नेपाली बालिकामाथि यौन शोषण गर्ने अमेरिकी नागरिक पक्राउ | Khabarhub Khabarhub

नेपाली बालिकामाथि यौन शोषण गर्ने अमेरिकी नागरिक पक्राउ


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बालिकामाथि यौन शोषण गरेको अभियोगमा १ जना अमेरिकी नागरिक पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली बालिकालाई जबरजस्ती यौन शोषण गरेको अभियोगमा अमेरिकी नागरिक जासोन ल्लोयड मुडीलाई पक्राउ गरेको हो ।

अमेरिकी राहदानी (५६७४२५३५) बाहक मुडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबी स्रोतका अनुसार उनले विभिन्न निकायमार्फत नेपाली बालिकाहरुलाई होटेलमा बोलाएर यौन शोषण गर्ने गरेका थिए ।

प्रहरीले उनको हाटेलबाट ५६७४७२५३५,५०६०७३०८४ र ५४५६५८५०० नम्बरका ३ थाना अमेरिकी राहदानश्र, १ थान ल्यापटप, विभिन्न कम्पनीका मोबाइल ४ थान, विभिन्न बैंकका एटीएम कार्ड तथा काठमाडौंको प्रदर्शनमार्गस्थित विश्वभाषा क्याम्पसबाट उनको नाममा जारी भएको परिचय पत्र (आईडी कार्ड) समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका अमेरिकी नागरिक बाल यौन दुराचार प्रक्रणमा यसअघि पनि संलग्न रहेको पाइएको जनाएको छ । प्रहरीले उनमाथि बाल यौन दुराचार प्रकरणमा थप अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ४ : १३ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन