निर्वाचित वडाध्यक्षमाथि नै बोक्सो भन्दै कुटपिट | Khabarhub Khabarhub

निर्वाचित वडाध्यक्षमाथि नै बोक्सो भन्दै कुटपिट


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको इच्छाकामना गाउँपालिकाको २ नम्बर वडाका अध्यक्ष पञ्चबहादुर प्रजामाथि स्थानीयहरुको एक समूहले बोक्सा भन्दै कुटपिट गरेको छ ।

स्थानीय युवाहरुको समूहले वडाध्यक्ष प्रजामाथि कुटपिट गर्दै मानव जुत्ताको माला लगाइ मानव मलमुत्र खुवाउने प्रयास समेत गरेको छ ।

शनिबार साँझ उत्तरकुमार गुरुङ, बिर्खबहादुर गुरुङ लगायतका व्यक्तिको समूहले वडाध्यक्ष प्रजामाथि कुटपिट गरी बोक्सा भएको भन्दै जुत्ताको माला लगाइ मानव मलमुत्र खुवाउने खोजेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको भन्दै उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

नेपाली कांग्रेसका स्थानीय कार्याकर्ताले वडा कार्यालयमा तालावन्दी लगाएपछि उत्पन्न विवादका बीच वडाध्यक्ष प्रजालाई कुटपिट गरी मानव मलमुत्र खुवाउने प्रयास भएको हो ।

कांग्रेस कार्यकर्ताले वडा कार्यालयमा तालाबन्दी गरेपछि वडा कार्यालयको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  २ : ४३ बजे

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई