सिभिल बैंकको एटिएमबाट रकम लुट्ने लुटेराहरुको प्रयास असफल | Khabarhub Khabarhub

सिभिल बैंकको एटिएमबाट रकम लुट्ने लुटेराहरुको प्रयास असफल


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– सिरहाको लहानस्थित सिभिल बैंकको एटिएम लुट्ने लुटेराहरुको प्रयास असफल भएको छ ।

लहान नगरपालिका–४ स्थित कृष्ण गुप्ताको घरको भूइँतलमा रहेको बैंकको एटिएम फोडेर केही व्यक्तिले लुटपाट गर्न खोजेका थिए ।

राति सटर बन्द गरिएको अवस्थामा एटीएम लुट्ने प्रयास भएको हो । लुटेराहरुले एटिएमको सटरमा प्वाल पारेर भित्र छिरी एटिएम लुट्न खोजेका थिए ।

तर, नसकेपछि उनीहरु त्यहाँबाट भागेका प्रहरीले जनाएको छ ।

सिभिल बैंकको लहान शाखाका प्रबन्धक सरोज घिमिरेले एटिएम मेशिनमा राखिएको सबै रकम सुरक्षित फेला पारिएको जानकारी दिए ।

एटिएम मेशिनमा करिब १५ लाख रुपैयाँ राखिएको थियो । बैंकमा कार्यरत एक कर्मचारीका अनुसार घटनास्थलको अवस्था हेर्दा लुटेराहरुले मेसिन नै फोडेर रकम लुट्न खोजेका थिए । तर, एटिएमको लक तोड्न नसकेपछि लुटेराहरु त्यहाँबाट भागेका छन् ।

इलाका प्रहरी कार्यालय लहानले एटिएम लुट्न खोज्ने व्यक्तिको खोजी शुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ११ : ५९ बजे

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको