हङकङमा अहिलेसम्मकै ठूलो सरकार विरोधी प्रदर्शन, ८ लाख मानिस सडकमा | Khabarhub Khabarhub

हङकङमा अहिलेसम्मकै ठूलो सरकार विरोधी प्रदर्शन, ८ लाख मानिस सडकमा


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हङकङमा अहिलेसम्मकै सबै भन्दा ठूलो सरकार विरोधी प्रदर्शन भएको छ ।

गत अगस्टपछि पहिलो पटक प्रहरीले लोकतन्त्र समर्थक समूह सिभिल ह्युमन राइट्स फ्रन्टलाई यो र्‍यालीका लागि अनुमति दिएको थियो ।

आयोजकका अनुसार यो र्‍यालीमा करीब ८ लाख मानिसले भाग लिएका थिए । तर प्रहरीले भने १ लाख ८३ हजार मानिसले प्रदर्शनमा भाग लिएको बताएको बीबीसीले जनाएको छ ।

र्‍याली अघि प्रहरीले छापा मारेर ११ जनालाई गिरफ्तार गरेको थियो र एक हातेगत फेला पारेको दाबी गरेको थियो ।

एक विवादित सुपुर्दकी विधेयकलाई लिएर गत जुन महिनामा यहाँ प्रदर्शन शुरु भएको थियो र पछि यो सरकार विरोधी प्रदर्शनमा परिवर्तन भएको थियो ।

शनिवार सरकारले एक विज्ञप्ति जारी गर्दै शान्ति कायर गर्न अपिल गरेको थियो र भनेको थियो कि उसले सहानुभूतिका साथ मानिसका कुरा सुन्ने र आलोचना स्वीकार गर्ने जनाएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ७ : ४८ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड