निर्वाचनलाई प्रभावमा पार्नुहुँदैन : बिजुक्छे | Khabarhub Khabarhub

निर्वाचनलाई प्रभावमा पार्नुहुँदैन : बिजुक्छे


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले कुनै पनि निर्वाचनलाई प्रभाव र प्रलोभनमा पार्न नहुने बताएका छन्।

आगामी मंसिर १४ गते भक्तपुरको क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ‘क’ मा हुने उपनिर्वाचनको सन्दर्भमा शुक्रबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा उनले निर्वाचनमा मादक पदार्थ र भोजभत्तेर गरेर मतदातालाई झुक्याउने तथा कुनै पनि प्रभाव र प्रलोभनमा पार्नेप्रति कार्यकर्ता सचेत हुनुपर्नेमा जोड दिए ।

निर्वाचनलाई विचारको सङ्घर्षको रूपमा उपयोग गर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले सङ्घीय व्यवस्थाबारे आधारभूत ज्ञानसमेत नभएका प्रतिनिधि कुनै पनि संसद्मा पुग्दा सङ्घीय व्यवस्था थप भद्रगोल हुने बताए।

उपनिर्वाचनलाई ठूला दलका गलत काम र पूँजीवादी व्यवस्थाका विकृतिबारे जनतासम्म पुर्‍याउने राजनीतिक अभियानको रूपमा पार्टीले लिएको उनको भनाइ थियो ।

लिम्पियाधुराको समस्याबारे नेमकिपाले यसअघिका सरकारलाई पटक पटक सचेत पार्दै आएको चर्चा गर्दै उनले तिब्बत् पुग्ने बाटो भएकाले भारतले सो क्षेत्रलाई रणनीतिकरूपमा उपयोग गर्न खोजेको बताए ।

नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले विगतका निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन हुँदै आएको बताउँदै जनतालाई भोजभत्तेर खुवाएर, पैसा बाँडेर, सामान बाँडेर चुनाव जित्ने विकृतिका विरुद्धमा सबै एक हुनुपर्ने बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ११ : १५ बजे

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार