एमसीसीसँग नेपाल २ सय ८ रनले पराजित | Khabarhub Khabarhub

एमसीसीसँग नेपाल २ सय ८ रनले पराजित


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । काठमाडौंमा भएको पहिलो श्रेणीको तीन दिवसिय खेलमा नेपाली टोली पाहुना टोलीसँग २०८ रनले पराजित भएको छ ।

३ सय ९३ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४०.३ ओभरमा १सय८४ रनमा अल आउट हुँदा एमसीसीले फराकिलो जित हात पारेको हो । तीन दिवसिय खेलमा नेपाली ब्याट्सम्यान चल्न नसक्दा निकै निराशाजनक नतिजा व्यहोरेको हो ।

टस हारेर ब्याटिङ गरेको एमसीसीले पहिलो इनिङ्समा सबै विकेट गुमाएर ३६४ रन जोड्न सफल भएको थियो । यता नेपालले भने आफ्नो पहिलो इनिङ्समा १सय५३ रनमा अल आउट हुन पुगेको थियो ।

नेपाललाई २सय११ रनले लिड गरेको एमसीसीले दोस्रो इनिङमा ६ विकेट गुमाएर १सय८१ रन जोड्दै कुन ३सय ९२ रन बनाएपछि नेपालले ३सय९३ रनको लक्ष्य पाएको थियो ।

लक्ष्य पछ्याएको नेपालका लागि सोमपाल कामीले ५१ रन, राजु रिजाल, सन्दीप लामिछाने २५ रन बताए भने करण केसीले १८ रन, आरिफ शेखले १९ रन र शरद भेषवकरले १९ रन बनाए ।

नेपालका ब्याट्सम्यान चल्न नसक्दा नेपाली टोलीले फराकिलो हार व्यहोरेको छ ।

नेपाली टोलीले १४ बर्षपछि पहिलो पटक पहिलो श्रेणीको क्रिकेट खेलेको थियो । अब नेपालले शनिबार एमसीसीसँग टि–२० खेल्नेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  २ : ५९ बजे

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज