तुलसीको प्रयोग– मुटुरोगीदेखि पत्थरीसम्मका बिरामीलाई फाइदा | Khabarhub Khabarhub

तुलसीको प्रयोग– मुटुरोगीदेखि पत्थरीसम्मका बिरामीलाई फाइदा


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज हरिबोधिनी एकादशी । घरघरमा तुलसीको पुजा आरधना गरिन्छ । हिन्दुहरुले आफ्नो घरमा मठ बनाएर असारमा तुलसी रोप्ने आजको दिन विवाह गर्ने गरिन्छ ।

सत्य युगमा सती नारी वृन्दाको श्रापका कारण विष्णु वनस्पति झार तुलसीको रूपमा परिणत भई उपर्युक्त मानव जीवनमा रोग प्रतिरोधात्मक शक्तिका साथ आसीन भएको भन्ने विश्वास समेत रहेमो छ । युगौदेखि धार्मिक महत्व बोकेको तुलसीको औषधिको रुपमा पनि प्रयोग गरिन्छ ।

तुलसीमाको पात, हाँगा, फूल, जरा, बिउले स्वास्थ्यलाई फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् । आयुर्वेदिक चिकित्सामा तुलसीको प्रयोग हुने गरेको छ ।

यस्तो छ तुलसीले स्वास्थ्यलाई पुग्ने फाइदा

तुलसी सेवन गर्दा भोक जगाउँछ
–तलुसीको सेवनले पाचनप्रणलीमा सुधार ल्याउने गर्छ । जसले मानिसलाई भोक जगाउँछ । भोक नलाग्ने समस्या भएका व्यक्तिलाई तुलसीको पात सेवन गर्नु उपउक्त हुन्छ ।

माइग्रेनमा राहत
–तुलसीको पातलाई दूधमा उमालेर पिउँदा टाउको दुखाई वा माइग्रेन जस्ता समस्याबाट राहत पाउन सकिन्छ ।

तनाव वा डिप्रेसन हुन दिदैन

–तुलसीको पातलाई दुधमा उमालेर सेवन गरेमा तनाव वा डिप्रेसनको समस्याबाट मुक्ति पाइन्छ ।

मुटुरोगीलाई फाइदा

–तुलसीको पात र दुध उमालेर नियमित सेवन गर्दा मुटुलाई स्वस्थ राख्न मद्धत गर्छ ।

पत्थरीको समस्यामा हट्छ

–दूधमा तुलसीको पात राखेर उमालेर खाली पेटमा पीउदा पत्थरीको समस्याबाट बच्न किन्छ । पत्थरीको समस्या भएकाले नियमित दुधमा तुलसी मिसाएर पिउदा पत्थरी निको हुन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढ्छ

–तुलसीको पातमा एन्टिअक्सिडेन्ट हुन्छ । जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

दम रोगीलाइ फाइदा

–श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएका व्यक्तिलाई दुधमा तुलसीको पातमा उमालेर पिउनु फाइदाजनक हुन्छ ।

घाँटी बसेमा

–घाँटी बसेर बोल्नै नसक्ने भएमा तुलसी पात र मरिचको दाना र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको समस्याबाट राहत पाउन सकिन्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ५ : २० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने